बैंक अफ काठमाण्डूले १३.२५ प्रतिशत बोनस शेयर प्रस्ताव

इक्विटी नेपाल – काठमाडौँ :
बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष ७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ दशमलव २५ प्रतिशत बोनश शेयर वितरण गर्न प्रस्ताब गरेको जनाएको छ। उक्त बोनस शेयर बैंकको आगामी साधारणसभा पारित तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएपछि मात्र वितरण गर्न गर्ने छ। 
कम्पनीको हालको चुक्ता पूँजी ५ अर्ब ६३ करोड रहेको छ जसमा केहि समय अघि लिलामी बिक्रि गरेको संस्थापक समूहको एफपीओ समेत समावेश गर्दा ६ अर्ब २४ करोड हुन्छ। उक्त ६ अर्ब २४ करोड पूँजीमा बोनस ह्सेयर वितरण पछि बैंकको पूँजी ७ अर्ब ६ करोड पुग्ने छ। यद्यपि यति गर्दा पनि राष्ट्र बैंकले तोके बमोजिमको पूँजी पुर्याउन बैंकले थप ९४ करोड थप पूँजी वृद्धि गर्नु पर्ने हुन्छ। 
तत्कालिन लुम्बिनी बैंकसंग मर्ज गर्दा स्वाप बापतको रकम तथा केहि समय अघि लिलामी मार्फत संस्थापक समुहको शेयर बिक्रि गर्दा आएको ९३ करोडको प्रिमियम समेतलाई उपयोग गरि ८ अर्ब चुक्ता पूँजी कायम गर्न पाउने गरि केहि समय अघि राष्ट्र बैंकले नीति परिमार्जन गरेर स्वाप र प्रिमियमबाट प्राप्त रकमबाट समेत बोनस सेयर दिन पाउने छुट दिएको भएता पनि बैंकले उक्त सुहुलियतको उपयोग नगरी अहिले जम्मा १३ दशमलव २४ प्रतिशत बोनस घोषण गरि ८ अर्ब पूँजी कसरि पुर्याउछ भन्ने अन्यौलता सिर्जना गरेको छ। 
राष्ट्र बैंकले हाल बैंकले घोषण गरेको बोनस शेयर स्वीकृत गर्छ कि फेरी पनि ८ अर्ब चुक्ता पूँजी कायम हुने गरि थप बोनस घोषणा गर्न लगाउछ त्यो भने भविष्यले देखाउला।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार