एन आइ सी एशिया क्यापिटलको ग्लोबल मनि विककको कार्यक्रम पाल्पामा

Prabhu

काठमाडौं । एन आइ सी एशिया क्यापिटल लिमिटेडले Global Money Week-2024 को अवसरमा लुम्विनी प्रदेश अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पूँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम  गरेको छ । क्यापिटलले सो कार्यक्रम कम्पनिको संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत गरेको हो ।

कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत  दामोदर रायमाझीले  डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी तथा लगानी सम्बन्धी निर्णय लिदाँ ध्यान दिनुपर्ने कुरा पूँजी बजारको पछिल्लो अवस्थाको  बारेमा जानकारी मुलक मन्तब्य राखेका थिए ।

उपत्यका बाहिरका बसोबास गर्ने युवाले अधिकाशं मर्चेण्ट बैंकहरु उपत्यका मा रहेको र काठमाण्डौ उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न अप्ठ्यरो भएको गुनासोलाई सुनेर एन आइ सी एशिया क्यापिटले उपत्यका बाहिरका समुदायलाई लक्षित गरेर Global Money Week-2024 को अवसरमा सो कार्यक्रम गरेको हो ।

“Protect Your Money, Secure Your Future ” भन्ने नारा सहित सहज र पैसा बचत गर्ने र बचत गरेको रकमबाट कसरी सरल रुपमा मुद्रा बजार उपकरणहरु तथा पूँजी बजारमा सुरक्षित रुपमा कसरी कारोवार गर्न सकिन्छ भन्ने बिषयाम धितोपत्र बोर्डको प्रतिनिधी, एन आई सी एशिया क्यापिटलका उच्च व्यवस्थापनका कर्मचारी र १८० जना भन्दा बढी युवा विद्यार्थी, शिक्षक लगायत अन्य लगानीकर्ताहरुको सहभागिता बिचमा सो कार्क्रम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार