सेयर बजार स्थिर झण्डै ३ अर्बको कारोबार

Prabhu

काठमाडौं । साताको दोस्रो दिन सोमबार  सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार स्थिर रहेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से सोमबार  सोमबार ० दशमलव ०७ अंकले बढेर सेयर बजार १ हजार ९ सय ८० दशमलव ३४ अंकमा पुगेको छ । ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ दशमलव १४ अंकले बढेर ३ सय ५१ दशमलव ९५ अंकमा पुगेको छ ।

सोमबार कुल २ सय ४४ कम्पनीको ७३ लाख ४१ हजार १ सय ७७ कित्ता सेयर कारोबार भयो । २ अर्ब ९५ करोड ५९ लाख ४५ हजारको कारोबार हुदाँ ३३ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १७ वटा कम्पनीको मुल्य घट्यो र ७ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
त्यस्तै , सोमबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण चार वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी उपसमूहको मूल्य आरोलो लागेको हो । बैकिङ ३ दशमलव ०३, विकास बैंक ६५ दशमलव ४९ , फाइनान्स ८९ दशमलव २२ र म्युचल फण्ड ० दशमलव ०७ अंकले बढेको हो । होटल तथा पर्यटन ३० दशमलव १९, जलविद्युत १२ दशमलव १०, लगानी ० दशमलव ०१, जीवन बिमा २५ दशमलव २५, उत्पादन ४ दशमलव ५४, माइक्रोफाइनान्स ० दशमलव २० ,निर्जिवन बिमा ५२ दशमलव ६६, अन्य १३ दशमलव ५७ र व्यापार १२ दशमलव ४२ अंकले घटेको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा पोखारा फाइनान्स, नेपाल फाइनान्स, जानकी फाइनान्स, गोर्खाज फाइनान्स र मल्टिप्रपोज फाइनान्स रह्यो । पोखारा फाइनान्सको १७ करोड ५४ लाख रुपैयाँ, नेपाल फाइनान्सको १४ करोड ७० लाख रुपैयाँ, जानकी फाइनान्सको ९ करोड ३२ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड ८ लाख रुपैयाँ र मल्टिप्रपोज फाइनान्सको ७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यस्तै, सोमबार सबैभन्दा बढी कमाउनेमा पोखरा फाइनान्स, नेपाल फाइनान्स, जानकी फाइनान्स, सप्तकोशी विकास बैंक, महालक्ष्मी डिबेन्चर रहे भने गुमाउनेमा पिपुल्स पावर, माइखोला हाइड्रो , इष्र्टिन हाइड्रो रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार