CLI
Global College

बालबालिकामा गरिने लगानी राष्ट्रको समृद्ध भविष्यका लागि हो: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् ।

राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बालबालिकामा सुख, समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको हार्दिक शुभकामना व्यक्त गरेका छन। । उनले , “बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।”

यस वर्ष ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ । यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको प्रधानमन्त्री शाहले उल्लेख गरेको ।

नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ को पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभावरहित, सर्वोत्तम हित, जीवन–बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तरराष्ट्रिय प्रतिबद्धता जनाएको छ । ती मूल्य–मान्यतालाई नेपालको संविधानको धारा ३९ (बालबालिकाको हक), राष्ट्रिय बालबालिका नीति, २०८० र बालबालिकासम्बन्धी ऐन, २०७५ ले मौलिक हक तथा कानुनी अधिकारका रूपमा सुदृढ ढङ्गले सुनिश्चित गरेको प्रधानमन्त्रीले बताएका छन् ।

“अबको हाम्रो मुख्य प्राथमिकता यी संवैधानिक तथा कानुनी अधिकारहरूलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु हो । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व बहन आवश्यक छ,” प्रधानमन्त्रीले सन्देशमा भनेको छ ।

त्यस्तै, सङ्घले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधारलाई सुदृढ बनाउने; प्रदेशले समन्वय र सेवाको विस्तार गर्ने; स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्ने गरी तीनै तहको प्रयासलाई एउटै परिणाममुखी दिशामा जोड्न आवश्यक छ”, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् ।

राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहएका सम्पूर्ण नेपाली बालबालिकामा सुख, समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको हार्दिक शुभकामना व्यक्त गरेका छन। उनले भने, “बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।”

यस वर्ष ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ । यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ को पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभावरहित, सर्वोत्तम हित, जीवन–बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तरराष्ट्रिय प्रतिबद्धता जनाएको छ । ती मूल्य–मान्यतालाई नेपालको संविधानको धारा ३९ (बालबालिकाको हक), राष्ट्रिय बालबालिका नीति, २०८० र बालबालिकासम्बन्धी ऐन, २०७५ ले मौलिक हक तथा कानुनी अधिकारका रूपमा सुदृढ ढङ्गले सुनिश्चित गरेको प्रधानमन्त्रीले बताउनुभएको छ ।

“अबको हाम्रो मुख्य प्राथमिकता यी संवैधानिक तथा कानुनी अधिकारहरूलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु हो । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व बहन आवश्यक छ,” प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।

त्यस्तै, सङ्घले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधारलाई सुदृढ बनाउने; प्रदेशले समन्वय र सेवाको विस्तार गर्ने; स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्ने गरी तीनै तहको प्रयासलाई एउटै परिणाममुखी दिशामा जोड्न आवश्यक छ”, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

Leave Your Comment

Related News