Global College

तिहारको मुखैमा मामाघर पुगेका ६ वर्षीय बालकको डुबेर मृत्यु

रुपन्देही । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ गोलौरा निवासी खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगीको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका९७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा नुहाउन गएका थिए। नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।उनको शव हाल लमही अस्पतालमा राखिएको छ ।

NECO

Leave Your Comment

Related News