काठमाडौं । युवा, श्रम तथा रोजगार मन्न्त्रालयले असोज १४ देखि सीप तथा रोजगार मेला, २०८३ हुने जनाएको छ । मन्त्रालयले “सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ आगामी असोज १४ गतेदेखि २० गतेसम्म रोजगार मेला गर्न लागेको हो ।
यो वर्षको लागि आगामी असोज १४ गतेदेखि २० गतेसम्म “सीप र रोजगारी ः साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला, २०८३ आयोजना तथा सञ्चालन हुने भएको छ। मेलाले रोजगारीको खोजी गर्ने र रोजगारदाता बीच समन्वय गर्ने मन्त्रालयकी प्रवक्ता मिरा आचार्य जानकारी दिइन् । उनका अनुसार मेलामा रोजगारदाताको माग र सीप-रोजगार खोजकर्ताको योग्यता, अनुभव, सीप र रुचिका आधारमा सीप विकास, सीप परीक्षण तथा प्रमाणीकरणसम्बन्धी कार्यका साथै रोजगार मिलान तथा सिफारिस गरिनेछ।
मेलामा सीप सिक्ने रुचि र योजना भएका, योग्यता र अनुभवअनुसार रोजगारीको खोजीमा भएका, सीप परीक्षण तथा प्रमाणीकरण गर्ने सोचमा भएका र थप नयाँ सीप सिक्न चाहने युवाहरु सहभागी हुन सक्नेछन् । मेलामा सबैको सक्रिय उपस्थितिका लागि समेत आग्रह गरिएको छ ।



