RE
Global College

उपत्यकामा चाडबाड लक्षित ग्यास बिक्री र सिलिन्डर साटाफेर: ६ स्थानबाट सुविधा उपलब्ध गराइने

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले चाडबाडको अवसरमा काठमाडौँ उपत्यकाका उपभोक्ताहरूलाई खाना पकाउने एल.पि. ग्यासको आपूर्ति र सिलिन्डर सट्टापट्टा सहज बनाउन विशेष बिक्री वितरणको व्यवस्था मिलाएको छ। भारतका विभिन्न रिफाइनरीहरूबाट सहज रूपमा ग्यास आयात भइरहेको र गत भदौ महिनामा मात्रै ४२,१३,६६१ सिलिन्डर बिक्री वितरण भइसकेको भए पनि चाडबाडको समयमा केही उपभोक्ताहरूले सहजै ग्यास नपाएको तथा एक-अर्का ब्रान्डको सिलिन्डर साट्न नपाएको गुनासो आएपछि संघले यो निर्णय गरेको हो। नेपाल आयल निगमको समन्वय तथा ग्यास बिक्रेता महासंघको सहकार्यमा आगामी असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म तोकिएका ६ स्थानबाट बिहान ०९:३० बजेदेखि अपरान्ह ०४:३० बजेसम्म ग्यास बिक्री तथा सिलिन्डर साटाफेर गरिनेछ।

साटाफेर तथा बिक्रीका लागि काठमाडौँ उपत्यकाभित्र ६ वटा केन्द्रहरू तोकिएका छन्। सिफलचौरमा ग्यास एण्ड अक्सिजन ट्रेडर्समार्फत एभरेष्ट र सुगम (सम्पर्क: ९८०१०९१२७७), पेप्सीकोलामा सागर ग्यास (सम्पर्क: ०१-५१५६२७४), बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास (सम्पर्क: ९८०२९५०४१७), सुकेधारामा बाबा र श्री ग्यास (सम्पर्क: ९८५१११३७०४), कलङ्कीमा साइबाबा र श्रीकृष्ण ग्यास (सम्पर्क: ९८५१०६०१९२) तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास (सम्पर्क: ९८५११३७७३२) साटाफेरका लागि उपलब्ध हुनेछन्। संघका अध्यक्ष दिवान चन्दका अनुसार उपत्यकामा बिक्री हुने सदस्य उद्योगका सिलिन्डरहरू मात्रै तोकिएका स्थानमा साटिनेछन् भने अन्य स्थान वा डिपोहरूमा ब्रान्ड साटाफेरको सुविधा उपलब्ध हुने छैन।

NECO

Leave Your Comment

Related News