RE
Global College

गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २८ गते बुकक्लोज गर्दैछ । यसर्थ आजसम्म कायम सेयरधनीले मात्रै लाभांश र सभामा सहभागि हुन पाउने छन् ।

लघुवित्तले कात्तिक १० गते, मंगलबार, हिले कान्जिरोवा मकालु होटल, धनकुटामा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

NECO

Leave Your Comment

Related News