काठमाडौं । सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४३ वटा कम्पनीको १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा कारोबार रकम १ अर्ब ७१ करोड रुपैयाँले घटेको छ। शुक्रबार कारोबार रकम ८ अर्ब ५७ करोड रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स ५.९३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९८ अंकले घटेको छ।
यस दिन सबै उप समूह घटेका छन् । बैंकिङ १.०७ प्रतिशतले,विकास बैंक १.८८, वित्त १.५३, होटल्स तथा पर्यटन समूह ०.६३, जलविद्युत १.०८, लगानी १.४२, जीवन बीमा १.४७, उत्पादन र प्रशोधन ०.९०, लघुवित्त १.१६, म्युअुचल फण्ड ०.७३ निर्जीवन बीमा १.७२, अन्य समूह १.६१ र व्यापार समूह ०.८६ प्रतिशतले घटेका छन्।
बेनी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १३.५८ प्रतिशत बढेको छ। त्यस्तै, १३ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य यस दिन करिब ५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि घलेम्दी हाइड्रो पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ६३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंकको करिब साढे २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको करिब २८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।



