काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको छैटौं वार्षिक साधारण सभा मंसिर २८ गते सोमबार बस्ने भएको छ । कम्पनीको संचालक समितिको आइतबार बसेको बैठकले छैटौं वार्षिक साधारण सभा मंसिर २८ गते ११ बजे हार्दिक होटल, वागवजारमा बस्ने निर्णय गरेको हो ।
कम्पनीले छैटौं वार्षिक साधारण सभा गर्ने प्रयोजनको लागि मंसिर १५ गते १ दिन सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ ।
साथै यस साधारण सभामा शेयर धनीहरुलाई लाभांश वितरण गरिने बताइएको छ ।



