काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) गर्ने तथा त्यससम्वन्धी कारोबारमा सरकारले कडा प्रावधानसहित छुट्टै कानुन बनाउने प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले मिटरब्याज नियन्त्रण तथा नियमन विद्येयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय समेत मागेको छ ।
सरकारले अनचुित लेनदेन (मिटरब्याज नियन्त्रण तथा नियमन) ऐन, २०८३” को विद्येयक तयार गरेको हो । विद्येयकको मस्यौदामा ब्याज रकम साँवामा जोडी लिखत गर्ने सम्बन्धी कसुर गरेमा यो कानुन आकर्षित हुने उल्लेछ छ । यस्तो कारोबारमा कसैले लेनदेन गर्दा कै बखत ब्याज रकमसमेत साँवामा जोडी लिखत गर्ने वा ब्याजलाई साँवामा जोडी नयाँ लिखत गर्न वा गराउन पाउने छैन । यदि सो कारोबार गरी कसुर गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । ब्याज रकम साँवामा जोडी लिखत गर्ने सम्बन्धी कसुर गरेको रहेछ भने निजले असुल गरेको रकम फिर्ता गर्नुपर्नेछ।
त्यस्तै झुट्टा लिखत सम्बन्धमा भने कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी वा दिएको वास्तविक रकमभन्दा बढी रकमको झुट्टा लिखत तयार गर्न वा गराउन पाउने छैनन् । यदि झुट्टा लिखत सम्बन्धमाकसुर गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। सो कसुर गरी सम्पत्ति जफत गरेको भए निजलाई अतिरिक्त बिगोबमोजिमको थप रकम जरिवानासमेत हुनेछ।
यसैगरी अनुचित लेनदेनमा प्रचलित कानुनमा तोकिएको ब्याजदरभन्दा बढी ब्याजदरमा ऋण लगानी वा असुल गर्न पाइदैन । यति सो विपरित कसुर गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। सो कानुनमा तोकिएको ब्याजदरभन्दा बढी ब्याजदरमा ऋण लगानी वा असुल गरेको ब्याजको रकम फिर्ता गर्नुपर्ने हुन्छ । अनुचित लेनदेन भएको भन्दा अगाडि वा पछाडिको मिति राखी लिखत तयार गर्ने वा खाली कागजमा ल्याप्चे वा सहीछाप गराई आफूअनुकूलको लिखत कागज गर्न वा गराउन पाइने छैन । सो कसुर गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
त्यस्तै अनुचित लेनदेनमा खाली चेक सम्बन्धी कसुर गर्न समेत पाइने छैन । यदि कसैले लेनदेन कारोबारमा नलेखिएको (खाली) वा लिएको रकमभन्दा बढी रकम उल्लेख गरी बाध्यकारी चेक काट्न लगाउनु हुदैन । यदि सो कसुर गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। बाध्यकारी चेक काट्न लगाइएको प्रमाणित भएमा त्यस्तो व्यक्तिले चेक अनादर सम्बन्धी अन्य निकायमा मुद्दा दायर गर्न पाउनेछैन। कसैले लेनदेन कारोबारको लिखतको प्रति ऋणीलाई नदिने, ऋणीले तिरेबुझाएको रकमको भरपाई नदिने, लिखत नबनाउने वा भुक्तानीको प्रमाण लुकाउने कार्य गर्न समेत वञ्चित गरेको छ । सो कसुर गरेमा सो व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यसैगरी भ्रष्टाचार, आपराधिक लाभ लगायतबाट आर्जित रकम क्यासिनो, ढुकुटी र ठेक्कापट्टा लगायतमा परिचालन गरेमा समेत सजायको व्यवस्था गरिएको छ । कसैले भ्रष्टाचार, आपराधिक लाभ लगायतबाट आर्जित रकम क्यासिनो, ढुकुटी र ठेक्कापट्टा लगायतमा परिचालन गर्ने वा गराउने कार्य गर्न हुँदैन , यदि सो गरेमा व्यक्तिलाई प्रचलित कानुनबमोजिम सजाय हुनेछ। अनुचित लेनदेनको नाममा धम्की दिने वा हिंसा वा शोषण गरेमा तीनदेखि सात वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। ऋण असुलीका क्रममा कुनै प्रकारको शारीरिक वा मानसिक हानि हुने गरी धम्की दिने वा हिंसा वा शोषण गर्न वा गराउन समेत वञ्चित गरिएको छ । यसैगरी धितोबापत एकभन्दा बढी लिखत खडा गर्ने पाइने छैन । कसैले एउटै कारोबारको क्रममा घरजग्गा पास, तमसुक, करार सम्झौता, चेक लगायतका धितोबापत एकभन्दा बढी लिखत खडा गर्न वा गराउन बन्देज गरिएको छ । यदि सो काम गरेमा तीनदेखि सात वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
अनचुित लेनदेन (मिटरब्याज) लाई नियन्त्रण र नियमन गर्न, अनचुित लेनदेन सम्बन्धी विषयलाई कसूर कायम, पीडितको अधिकारको संरक्षण र क्षतिपूर्ति उपलब्ध गराई आर्थिक कारोबारलाई व्यवस्थित गर्न सरकारले अनचुित लेनदेन (मिटरब्याज नियन्त्रण तथा नियमन) ऐन, २०८३” निर्माण गरेको जनाएको छ ।



