CLI

चार हाईड्रोपावरको लाभांश घोषणा, कसको कति?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा सूचीकृत ९१ वटा हाईड्रोपावर कम्पनीमध्ये हालसम्म ४ वटाले लाभांश घोषणा गरेका छन्। हालसम्म लाभांश घोषणा गर्ने हाईड्रोपावरमा अपि पावर कम्पनी, भगवति हाईड्रोपावर डेभलपमेण्ट कम्पनी, माण्डु हाईड्रोपावर र सुपरमाई हाईड्रोपावर रहेका छन्।

लाभांश घोषणा गर्ने चार हाईड्रोपावर मध्ये दुईले बुकक्लोज मिति पनि घोषणा गरेका छन् भने दुईको भने बुकक्लोज मिति घोषणा हुन बाँकी छ।

चार हाईड्रोपावरमध्ये सबैभन्दा धेरै लाभांश भगवति हाईड्रोपावर डेभलपमेण्टले घोषणा गरेको छ। भगवति हाईड्रोपावर डेभलपमेण्टले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ४ प्रतिशत बोनस शेयर र १०.७३ प्रतिशत नगद लाभांश छ। यसको बुकक्लोज मिति असोज ४ गते रहेको छ।

यस्तै सुपरमाई हाईड्रोपावरले १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ७ प्रतिशत बोनस शेयर र ५.६३ प्रतिशत नगद लाभांश रहेको छ।

माण्डु हाईड्रोपावरले १२ प्रतिशत लाभांश घोषणा गरेको छ। माण्डु हाईड्रोपावरको लाभांश नगद रहेको छ। कम्पनीको बुकक्लोज मिति असोज २ गते रहेको छ।

अपि पावर कम्पनीले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश रहेको छ।

चार हाईड्रोपावरको लाभांश यस्तो?

 

Leave Your Comment

Related News