काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँमा करोबार भएरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।
यसदिन चाँदीको मूल्य ११० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ५ सय ५४ रुपैयाँ थियो ।

