काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा छापा मार्दै अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा कैफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरिएको छ ।
विभागका अनुसार ललितपुरको एकान्तकुनास्थित शक्ति मार्बल्सलाई २० हजार रुपैयाँ र हात्तीवनस्थित आर के ब्रदर्शलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ र दफा ३८(घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) अनुसार कारबाही गरिएको विभागले जनाएको छ ।
अनुगमनमा परेका अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कालोबजारी नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागि काम गर्दै आएको जनाएको छ ।

