CLI

नेपालीरिका होटेलले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । नेपालीरिका होटेल लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसको आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

आईपीओ निष्कासन प्रयोजनका लागि भएको सम्झौतामा नेपालीरिका होटेलका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । बिहीबार भएको सो द्विपक्षीय सम्झौतामा निकट भविष्यमा उक्त साधारण सेयर निष्कासन गर्ने सहमति भएको बताइएको छ ।

Leave Your Comment

Related News