काठमाडौं । नेपाली कांग्रेसले सरकारमा आएपछि वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानी करमुक्त हुने घोषणा गरेको छ। पार्टी सभापति गगन थापाले एक कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’मा आयोजित खुला बहसमा यस योजना सार्वजनिक गरेका हुन्।
थापाले विदेशी लगानी आकर्षित गर्न भाषण मात्र पर्याप्त नभएको र यसका लागि नीति सुधार आवश्यक रहेको उल्लेख गर्दै, यसअन्तर्गत १० लाखसम्मको आम्दानीमा कर नलगाउने जनाए ।


