CLI

सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन आज तोलामा एकैदिन ५ हजार ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Leave Your Comment

Related News