CLI

ग्यालेक्सी अनप्याक्डमा नवीनतम इनोभेसनको प्रदर्शन – २५ फेब्रुअरीमा प्रत्यक्ष स्ट्रिमिङ

काठमाडौं । सामसङले आफ्नो Galaxy इनोभेसनको अर्को अध्याय ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सार्वजनिक गर्न तयारी गरेको छ । यो  कार्यक्रम २५ फेब्रुअरी २०२६  राति ११:४५ बजे विश्वव्यापी प्रत्यक्ष स्ट्रिमिङ मार्फत हेर्न सकिनेछ । यस कार्यक्रममा ब्रान्डका मोबाइल प्रविधिमा भएका नवीनतम प्रगतिहरू प्रदर्शन गरिनेछन्, जसले प्रयोगकर्ताहरूलाई दैनिक जीवन सहज बनाउन डिजाइन गरिएका बुद्धिमान, AI-समर्थित अनुभवहरूको नयाँ युग प्रस्तुत गर्ने जनाइएको छ ।

ग्यालेक्सी अनप्याक्ड सँधै नवीनतम आविष्कारहरूको मञ्च रहिआएको छ, र यस वर्ष पनि यसले अत्याधुनिक डिजाइन, शक्तिशाली प्रदर्शन, र स्मार्ट इकोसिस्टम इंटिग्रेशन मार्फत आफ्नो परम्परा निरन्तरता दिने वाचा गरेको छ। आगामी लन्चबारे टिप्पणी गर्दै सामसङ MX डिभिजनका डाइरेक्टर,  प्रणय रत्न स्थापितले भने: “Galaxy Unpacked ले हाम्रो अर्थपूर्ण नवप्रवर्तन प्रति प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ, जसले दैनिक जीवनलाई अझ सहज बनाउँछ। यस लन्च बाट हामी यस्तो प्रविधि प्रस्तुत गर्न उत्साहित छौं, जुन केवल शक्तिशाली नभई प्रयोगकर्ताहरूको आवश्यकतासँग बुद्धिमानीपूर्वक अनुकूलन गर्छ, र उनीहरूको अनुभवलाई पहिलेभन्दा अझ सहज, जोडिएको, र व्यक्तिगत बनाउँछ।”

प्रत्यक्ष स्ट्रिमिङ हुने यो कार्यक्रम संपूर्ण नेपालभरका दर्शकहरूले पहुँच गर्न सक्नेछन्, जसले गर्दा दर्शकहरू Galaxy नवप्रवर्तनको भविष्यलाई unfolding हुँदै गरेको हेर्ने पहिलोहरूमा पर्ने अवसर प्राप्त गर्नेछन्।

कार्यक्रम विवरण:
Galaxy Unpacked 2026
मिति: २५ फेब्रुअरी २०२६
समय: राति ११:४५ (NPT)
प्रत्यक्ष स्ट्रिमिङ: Samsung.com

Leave Your Comment

Related News