CLI

नेप्से बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं । बिहीबार नेप्से परिसूचक ६.०३ अंकले बढेको छ । बजार २६५४.९३ अंकमा पुगेर बन्द  भएको छ । यस दिन ३३५ वटा कम्पनीको सेयर कारोबार भएको छ । ४४ हजार २०४ पटक्को कारोबार हुँदा १ करोड ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ पुगेको छ । कारोबार रकम बुधबारको तुलनमा घटेको छ । बुधबार कारोबार रकम ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स १.९३ अकं बढेको छ भने फ्लोट इण्डेक्स ०.४८  र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.६२ अंक बढेको छ ।

यस दिन ९ उप समूह बढेका छन् भने ४ घटेका छन् । । बैंकिङ ०.६४ प्रतिशतले,विकास बैंक ०.१३,वित्त ०.७१, जलविद्युत ०.०५, लगानी ०.३५, जीवन बीमा ०.०३, निर्जीवन बीमा १.०९,अन्य समूह ०.०५ र व्यापार समूह ०.४६ प्रतिशतले बढेका छन्। होटल्स तथा पर्यटन समूह ०.१६ प्रतिशत, उत्पादन र प्रशोधन ०.४१, लघुवित्त ०.२८ र म्युअुचल फण्ड ०.२५ प्रतिशतले घटेका छन् ।

सालपा विकास बैंकको सेय १० प्रतिशतले बढेको छ ।त्यस्तै,  रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य ९.२६ प्रतिशत,हिमस्टार उर्जा ६ , झापा इनर्जी को ३.९३ र मोलुङ हाइड्रोपावर ३.७३ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा यस दिन अपि पावर पहिलो स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको २१ करोड १३ लाख रुपैयाँ, एसवाई प्यानल नेपालको १५ करोड ५१ लाख, ङादी ग्रुप पावरको १४ अर्ब ७९ लाख र रिडि पावरको १३ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

Leave Your Comment

Related News