CLI

सुनको मूल्य घट्यो, चाँदी भने प्रतितोला १५ रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी भने १५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ७४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ७२५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News