काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका आनुसार सुन प्रतिरोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि २४५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ९८५ रुपैयाँको खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ७४० रुपैयाँ थियो


