काठमाडौं । नेपाल सरकारले फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै सोही दिनका लागि फागुन २० देखि २२ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ। सो हप्तामा अन्य सार्वजनिक विदा समेत पर्न गएकोले विदाको अवधिभर पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण सुनिश्चित गर्न निगमले यी कार्यालयहरू खुला राख्ने निर्णय गरेको हो।
निगमका प्रमुख कार्यालयहरू विराटनगर, अमलेखगञ्ज, धनुषा, थानकोट, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, झापा लगायतका स्थानहरूमा पेट्रोलियम आपूर्ति निरन्तरता दिन खुला रहनेछन्।


