पाटन । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । आज दिउँसो ३ः४५ बजेतिर विद्युत् सर्ट भएका कारण भएको आगलागी महानगरको ललितपुर महानगरको प्रहरीले बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
“हामीले तत्कालै पुगेर दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा लिएका छौँ, आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ”, उनले भने । आठौँ तलामा रहेको दाउरा थकाली रेष्टुराँ आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उनले बताए । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उनले जनाए ।


