CLI

५२६ मतले हारे भीम रावल, कांग्रेसका स्वार विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पराजित भएका छन् । उनी नेपाली कांग्रेसका भरतकुमार स्वारसँग झिनो मतले पराजित भएका हुन् ।

स्वारले १० हजार ७५९ मत ल्याउँदा रावल १० हजार २३३ मतमा सीमित भए । तेस्रो स्थानमा नेकपा एमालेका दीपक बहादुर साउदले ७ हजार ३८९ मत ल्याए । रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत ल्याए ।

Leave Your Comment

Related News