RE
Global College

झापा ५ मा बालेनको जीत निश्चित, के लज्जास्पद हार व्यहोर्दै छन् अध्यक्ष केपी ओली ?

काठमाडौं । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा १ लाख ६ हजार ३७२ मत खसेको मा शनिबार दिउँसो ४ बजेसम्म ९३ हजार ९४७ मत गनेर सकिएको छ ।

सुरुदेखि नै अग्रता कायम गरेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष केपी ओलीलाई ४३ हजार २१८ मतले पछि पारेका छन्। १२ हजार ४२५ मत मात्र गन्न बाँकी रहँदा रास्वपाले प्रधानमन्त्रीको रुपमा अघि सारेका बालेनको जित सुनिश्चित भइसकेको छ।

बालेनले ५९ हजार ५६८ मत ल्याउँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मात्र १६ हजार ३५० मत पाएका छन्। यसैगरी श्रम संस्कृतिका समिर तामांङले ८८९० मत र नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ६२७ मत प्राप्त गरेका छन् । नेकपाका रन्जित तामाङले भने १ हजार ३२७ मत प्राप्त गरेका छन् ।

NECO

Leave Your Comment

Related News