विराटनगर । मोरङको क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशा झा विजयी भएकी छिन् । उनले ३० हजार ४३४ मत ल्याएर विजयी बनेकी हुन् ।
सो क्षेत्रबाट दोस्रो स्थानमा काँग्रेसका फुल कुमार लालवानी भए । लालवानीले ९ हजार ४१५ मत ल्याउँदा तेस्रो स्थानमा भने जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरे ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका शिव कुमार मण्डल (केवट)ले ८ हजार ६१४, नेकपा एमालेका मनोज कुमार अग्रवालले ६ हजार ९४५ र राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाएका छन् ।


