काठमाडौं । लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी , रास्वपाका धर्मराज केसीसंग एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई १७ हजार बढी मतले पराजित भएका छन्।
रास्वपाका धर्मराज केसीसंग १७ हजार २२ को फराकिलो मतान्तरले उनी पराजित भएका हुन् ।
केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो । जसमध्ये ७३ हजार १० मत सदर भएको थियो ।


