CLI

समानुपातिकमा रास्वपाको अग्रता

काठमाडौं । प्रतिनिधिसभाको सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम छ । निर्वाचन आयोगका अनुसार हालसम्म रास्वपाले दुई लाख ७५ हजार ५५८ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले ८४ हजार ७१७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ६८ हजार ५४८ मत प्राप्त गरेको छ ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २८ हजार ७८७, राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ हजार ५१३, श्रम संस्कृति पार्टीले ११ हजार १७३, जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई हजार १५३, नेपाल मजदुर किसान पार्टीले दुई हजार ११५ मत प्राप्त गरेका छन् ।

Leave Your Comment

Related News