CLI

समानुपातिकतर्फ रास्वपा पहिलो, कांग्रेस र एमाले क्रमशः दोस्रो र तेस्रो

काठमाडौं । प्रतिनिधि सभातर्फको समानुपातिक तर्फ हालसम्म १ करोड ४ लाख ९१ हजार ८४ मत गणना भएको छ । प्राप्त मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा बढी मत ल्याउँदै पहिलो स्थानमा रहेको छ ।

दिउँसो २ बजेर १० मिनेटसम्म रास्वपाले कुल ५० लाख ३३ हजार ५३४ मत प्राप्त गरेको छ । त्यसपछि नेपाली कांग्रेसले १७ लाख ४ हजार ९०७ मत पाउँदै दोस्रो स्थानमा रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) (एमाले) ले १४ लाख १९ हजार ९५३ मत प्राप्त गरेको छ ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ७४ हजार ८४१ मत पाएको छ । श्रम संस्कृति पार्टीले ३ लाख ६० हजार २७५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने ३ लाख २६ हजार १६६ मत पाएको छ । त्यस्तै जनता समाजवादी पार्टीले १ लाख ७२ हजार ९६६ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ६६ हजार ८३९ मत पाएको छ ।

अन्य दलहरूमध्ये जनमत पार्टीले ७७ हजार ८६७ मत प्राप्त गरेको छ भने नेपाल मजदुर किसान पार्टीले ४२ हजार १३ मत पाएको छ । राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९६ मत र राष्ट्रिय जनमोर्चाले २९ हजार ३०८ मत प्राप्त गरेका छन् ।

यसका साथै नेपाल जनता संरक्षण पार्टीले २७ हजार ४९२, प्रगतिशील लोकतान्त्रिक पार्टीले २३ हजार ८९२, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ५३३ र मंगोल नेशनल अर्गनाइजेशनले १९ हजार ९५१ मत प्राप्त गरेका छन् ।

समानुपातिकतर्फ अन्य साना दलहरूले भने २० हजारभन्दा कम मत प्राप्त गरेका छन्। निर्वाचन परिणामअनुसार ठूला दलहरूबीच मतको ठूलो अन्तर देखिएको छ भने धेरै साना दलहरूको मत संख्या निकै न्यून रहेको देखिन्छ।

Leave Your Comment

Related News