काठमाडौं । सोमबार नेपालमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ थियो ।
यस दिन चाँदी भने ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोल ५ हजार २७० रुपैयाँ थियो ।


