काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आर्थिक वर्ष २०८३र८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन बुझेका छन् ।
सोमबार अर्थमन्त्री डा. वाग्ले समक्ष नेपाल राष्ट्र बैकका गभर्नर डा.विश्व पौडेलले सो प्रतिवेदन पेश गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन अनुसार गर्भनरले बजेट प्रतिवेदन अर्थमन्त्री समक्ष बुझाउनुपर्ने प्रावधान रहेको छ ।
र्गभरन पौडेलका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था गरेको कारण अर्थमन्त्री समक्ष बजेट प्रतिवेदन पेश गरिएको हो ।


