काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लले संसद नभएको कारण अध्यादेश जारी गरेको विषय संसदमा जानकारी गराएका छन् । उनले प्रतिनिधि र राष्ट्रिय सभा दुवै बैठक नभएको हुँदा अर्थ सम्वन्धि विद्येयकहरु राष्ट्रपतिमार्फत् जारी गरेको संसदलाई जानकारी गराएका छन् ।
उनले सोमबारको प्रतिनिधि सभा बैठकमा अध्यादेशको बारेमा सभामुख र संसदलाई जानकारी गराएका हुन् ।
उनले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ संसदमा जानकारी गराएका हुन् ।


