काठमाडौं । सरकारले आफनो नीति तथा कार्यक्रममार्फत् लगानी एक्सप्रेस नीति ल्याइने बताएको छ । संयुक्त संसद बैठकले व्यवसाय दर्ता देखि निर्माण अनुुमतिसम्म लागि ३० दिनभित्र सम्पन्न गर्न लगानी एक्सप्रेस नीति लिइने बताएको हो ।
विदेशी लगानी सम्वन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने छ । नेपाल सरकारले तोके भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने बताइएको छ । विशेष आर्थिक क्षेत्रको विस्तार तथा साझा औद्योगिक पूर्वाधार निर्माण गरिने बताइएको छ ।


