काठमाडौं । सरकारले आफनो नीति तथा कार्यक्रममार्फत् स्टार्ट अप नेपाल पोर्टल मार्फत् एकदिनमा कम्पनी दर्ता कर छुट ,बीउ पुँजी लगायतका सेवा प्रदान गर्ने बताएको छ ।
सोमबारको संसदको संयुक्त बैठकमार्फत् सरकारले ग्रामिण अर्थतन्त्र पुर्नजिवन र कृषिलाई सम्मानजनक र उद्यमशीलतालाई व्यवसायको रुपमा विकसा गर्न बहुपक्षीय लगानी व्यवस्थापन गरिने बताइएको छ । लगानी वृद्धि लगायत लागत न्यूनीकरण र अयात विस्थापन र खाद्यान्न आत्मनिर्भरका लागि नीति र प्याकेजमा ाधारित उत्पादन प्रणाली भू यान्त्रिकरण डिजिटल प्रविधि तथा एग्रीकेटमार्फत् कृषि आधुनिकीकरणलाई तीव्रता दिइने समेत बताइएको छ ।


