CLI

पोखरा र गौतमबुद्ध विमानस्थलमा थप अन्तराष्ट्रिय सेवा प्रदायक भित्राउने

काठमाडौं । पोखरा र गौतमबुद्ध विमानस्थलमा थप अन्तराष्ट्रिय सेवा प्रदायकलाई आर्कषण गर्न कुटनीतिक प्रयास गरिने बताइएको छ । संसदको सोमबारको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेले सो कुरा जानकारी गराएका हुन् ।

त्यस्तै अध्यागमन बिन्दुबाट पर्यटक सेवा अनुमति र सेवाहरुलाई एकीकृत गर्न एकद्धारा डिजिटल प्रविधि लागु गरिनेछ । पर्वतीय पर्यटकको खोज उद्धार र सुरक्षाका लागि आधुनिक प्रविधि सँग जोडिने भएको छ । भिजिट नेपाल २०८५ को लागि पूर्वतयारीका लागि पर्यटक आगमन खर्च वृद्धि बसाई अवधि बढाउने गरी अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गरिने भएको छ । नेपालाई विश्व अध्यात्मिक पर्यटनको विकास गर्न देव भूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गरिने बताइएको छ ।

Leave Your Comment

Related News