CLI

शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा चालु खाता र शोधनान्तर स्थिति दुबै उच्च बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु खाता ६१८ अर्ब भन्दा बढी र सोधनान्तर स्थिति ७३१ अर्ब रुपैयाँ भन्दा बढीले बचतमा रहेको हो ।

समीक्षा अवधिमा चालु खाता रु.६१८ अर्ब ६८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२२२ अर्ब ६७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ३२ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१४ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.७ अर्ब ७१ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.१४ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.८ अर्ब ९४ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.७३१ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३४६ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेकोशोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब १० करोडले बचतमा रहेको छ ।

Leave Your Comment

Related News