CLI

लेखा समितिले ७ खर्ब ३३ अर्ब १९ करोड बढी बेरुजु फर्स्योट गर्नुपर्ने

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ भन्दा बढी बेरुजु फर्स्योट गर्नुपर्ने भएको छ । मंगलवार समितिको बैठकमा समिति सचिव एकराम गिरीले समितिले हालसम्म रहेको ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ भन्दा बढी बेरुजु फस्र्योट गर्नुपर्ने बताए ।

उनले समितिको कार्यक्षेत्र र कार्यबोझबारे प्रस्तुतीकरण गर्दै बेरुजुबारे जानकारी दिएका हुन् । राज्यकोषको खर्च संसद्ले चाहेबमोजिम होस् भनी त्यसको सुनिश्चितता गर्नु र सरकारी कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भए–नभएको जाँच पड्ताल गर्नु लेखा समितिको प्रमुख कार्य हो । यस अन्तर्गत सार्वजनिक लेखा समितिको कार्यक्षेत्रमा सार्वजनिक लेखा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू भनेर तोकिएको छ ।

छलफलमा सांसदहरुले बेरुजु फर्स्योटको अङ्क ठुलो रहेको भन्दै यसलाई फस्र्यौट गर्न आवश्यक रहेको बताए ।

रास्वपा सांसद विपिन आचार्यले संसदीय समितिको पनि क्यालेन्डर बनाएर जाने प्रस्ताव राखे । उनले कुन महिनामा कति काम गरियो तथा बजेट खर्चको समेत अभिलेखीकरण आवश्यक रहेको बताए ।

रास्वपाका अर्का सांसद गणेश पराजुलीले सबै बेरुजु भ्रष्टाचार नभएको बताए ।

श्रम संस्कृति पार्टीका सांसद निश्कल राईले लेखा समिति गम्भीर हुनुपर्ने तथ्यांकले नै देखाएको बताए । उनले ७ खर्ब त यअसघि कै बेरुजु रहेछ, नयाँ पनि ख्याल गर्नुपर्ने बताए ।

Leave Your Comment

Related News