काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश भएको छ । सो विधयक अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आजको प्रतिनिधिसभाको वैठकमा पेश गरेका हुन ।
राष्ट्रिय प्राथमिकताका परियोजनामा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासको लागि स्रोतको व्यबस्था गर्न र नीजी क्षेत्रलाई सार्वजनिक पुर्वाधार विकासमा जोड्न बिधेयक ल्याइएको बताए ।
यस अघि वैकल्पि विकास परिचालन विधयेक तात्कालिन अर्थमन्त्री विण्णु पौडेलले संसद्मा पेश गरेका थिए । उनले पेश गरेको विधेयक समितिमा छलफल पश्चात परित हुने चरणमा रहेको थियो । तात्कालिन संसद बिधटन भएपश्चात सो बिधयेक निश्क्रिय भएको थियो । संसद सुचारू हुनासाथ पुन यो विधयेक अगाडी बढाइएको छ । हिजो राष्ट्पति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गरको आर्थिक बर्ष२०८३\०८४ को नीति तथा कार्यक्रमा पनि सो बिषय समाबेश गरिएको छ ।
आजको संसदको वैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक माथि सैद्दान्तिक छलफल भएको थियो । छलफलमा ११ जना सांसदले भाग लिएका थिए सांसदले छलफलमा उठाएका बिषय र चासोलाई समाबेश गरिने अर्थ मन्त्री वाग्लेले सांसदले उठाएका पश्नको जवाफ दिने बेलामा प्रतिबद्दता जनाएका छन् । उनले नेपाल सरकार अर्थ मन्त्रालय धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैङ बीमा प्राधिकरण नेपालका बिज्ञ कोष ब्यवयवस्थापक हरुसँग लामो समय छलफल गरेर ल्याएको बताए ।
यस कोषको अधिकृत पँजीकोष १ खर्व र चुक्ताा पूँजी २५ अर्वको हुने गरि प्रस्ताव गरिएको छ । ५१ प्रतिशत नेपाल सरकारको शेयर स्वामित्व रहने छ भने नेपाल सरकार अन्तर्गत रहेका ठुला कोषहरु कर्मचारी संचय कोष, नागरिक लगानी कोष रसामाजिक सुरक्षा कोषको २५ प्रतिशत शेयर स्वामित्व र नेपालका जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीबाट २४ प्रतिशत पुँजी जम्मा गरिने छ ।
लगानीका क्षेत्र ठुला पुर्वाधार क्षेत्रबाट सुरु गरिने उनले बताएका छन् । जसमा बिधुत उत्पादन, प्रसारण वितरण आयोजना सडक रेलमार्ग, विमानस्थल, सुरुङमार्ग, औधोगिक विकास,पुर्वाधार निर्माण, शहरी विकास पुर्वाधार, केवलकार हुने छन् । यसले परिपक्प भएपश्चात विदेसी पुँजीबजारबाट पनि पुँजी जम्मा गर्न सक्ने गरि विका सगरिने उनले बताए ।
यो विधेयक २०८२ पुष २८ गते तात्कालिन अर्थमन्त्री रामेश्वर खनालले संसमा पेश गरेका थिए ।
बिधेयक समितिमा दफाबार छलफल नगराइ फाष्ट ट्रयाकबाट पारित गराउने सरकाको तयारी छ । बिधेयक ऐन बन्ने बित्तिक्कै आगामी आर्तिक बर्षबाटयो कोषले लगानी गर्न सक्नेछ ।


