काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो महिना बैशाखमा घरजग्गा कारोबार बढेको छ। यो महिना देशभरको भूमि प्रशासन कार्यालयहरु बाट ५८ हजार ८ सय ८६ वटा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।
यो कारोबार संख्या अघिल्लो महिनाको कारोबारको तुलनामा ६.०४ प्रतिशतले बढी हो। चैतमा ५५ हजार ५ सय ३१ संख्यामा घरजग्गा कारोबार भएको थियो।
गत वर्ष बैशाख तुलनामा पनि यो वर्ष घरजग्गा कारोबार १२.३४ प्रतिशतले बढेको देखिन्छ। गत बैशाखमा देशभर ५२ हजार ४१५ वटा घरजग्गा कारोबार भएको थियो। कारोबारसँगै राजस्वमा पनि बढेको छ।
चैतमा सरकारले ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलने गरेका थिए भने। बैशाखमा भने ६ अर्ब २६ करोड ३८ लाख रूपैयाँमा संकलने गरेका छन् ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ।
त्यसमध्ये सबैभन्दा बढी सेवा कर, रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।
सेवा कर बाट मात्र सरकारले बैशाख महिनामा ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ संकलन गरेका छने , रजिस्ट्रेसन बाट ३३ करोड १९ लाख र पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ संकलान गरेका छन् ।


