काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब ४८ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार १७ अर्ब ४८ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संसथाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । ५ अर्बको नयाँ र १२ अर्ब ४८ करोडको नविकरण गर्न लागिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसर ९१ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल आगामी भदौ २ गते परिपक्व हुनेछ । १२ अर्ब ४८ करोड मध्ये ४ अर्ब ९८ करोड २०८३ पुस २ गते र ७ अर्ब ५० करोड २०८४ जेठ ४ गते परिपक्क हुनेछ । बोलकबोलमा सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन पाइनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।
पछिल्लो समय ऋण विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा तरलता देखिएको छ । बैंकहरुमा तरलता रहे सँगै ट्रेजरी बिलमा मागभन्दा धेरै आवेदन परेका हुन् । बैंकहरुमा तरलता थुप्रिए सँगै ट्रेजरी बिलको ब्याजदर समेत घटेको छ ।
यसअघि वैशाख २८ गते ९१ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १९ अर्ब ६५ करोड ७० लाख बराबरको बोल परेको थियो । जसको औषत छुटदर २.६२ प्रतिशत रहेको थियो । १८२ दिन अवधिको १९ अर्ब ८५ करोड ५० लाखको ट्रेजरी बिल खरिदका लागि ४० अर्ब २ करोड ५० लाख रकम बराबरको बोल परेको थियो । जसको औसत छुटदर २.६६ प्रतिशत रहेको थियो ।



