काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले निःशुल्क भिसा र निःशुल्क टिकट लागु गर्ने भनेको करिब ११ वर्ष पछि सो कुराको जवाफ संसदबाट मागेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनयिोजन विद्येयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफलको क्रममा उनले
सरकारले वैदेशिक रोजगारीमा जानका लागि निःशुल्क भिसा र निःशुल्क टिकट भनेको छ तर वास्तविकता सार्वजनिक गर्न माग गरे ।
सांसद राईले लाखौं नतिरी वैदेशिक रोजगारीमा जान नसक्ने अवस्थामा सरकारले वैदेशिक रोजगारीमा जानका लागि निःशुल्क भिसा र निःशुल्क टिकट भनेको यसको वास्तविकता के हो ? सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुलाई निःशुल्क भिसा र निःशुल्क टिकटको व्यवस्थाले रकम फिर्ता लिन समस्या भएको बताए ।
‘पैसा तिरेर विदेश पुगे पछि कसैले राम्रो काम पाउछन् त कसैले राम्रो काम पाउदैनन् । काम नपाएर फर्किनु परेको अवस्थामा उनीहरुले तिरेको रकम फिर्ता माग्ने आधार समेत हुदैन । किनकी पैसा लेनदेनलाई नै अवैध भनिएको छ । त्यसैले मेनपवार व्यवसायीहरुले साँच्चै नै निःशुल्क भिसा र निःशुल्क टिकटमा नेपाली श्रमिक पठाउन सक्छन् कि सक्दैनन् । यदि सक्छन् भने कसरी ? सक्दैनन् भने किन ? यस सम्वन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तुरुन्त छानबिन गरियोस् , उनले भने ।
सांसद राईले साथै अन्य मुलुकबाट पनि वैदेशिक रोजगारीमा जाने व्यवसायी वा जानेको संख्या सार्वजनिक गर्न समेत माग गरे । सरकारले २०७२ देखि निःशुल्क भिसा र निःशुल्क टिकट लागु गर्ने जनाएको थियो ।


