CLI

एफएटीएफका अधिकारी र अर्थमन्त्रीबीच आज भेटवार्ता हुने, ‘ ग्रे लिस्ट ’ को विषयमा छलफल हुने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) लागि एसियाली मुलुक हेर्ने एसिया प्यासिफिक ग्रुप (एपीजी) को टोली बीच मंगलबार भेटावर्ता हुने भएको छ ।

अर्थमन्त्री वाग्ले र एपजी ग्रुपमा सदस्य डेभिड साननोन् र कियाएच साससल बीच मंगलबार अपरान्ह ४ बजे भेटवार्ता हुने अर्थमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

एफएटीएफले नेपालाई दोस्रो पटक खैरो सूची (ग्रे लिस्ट) राखेको छ । उक्त सूचीमा राखे पछि नेपालको अवस्था बारे जानकारी लिनका लागि एपजी ग्रुपका सदस्य डेभिड साननोन् र कियाएच साससल काठमाडौं आएका हुन् । २०२५ फ्रेबअरीमा नेपाललाई दोस्रो पटक खैरो सूची (ग्रे लिस्ट) मा राखिएको हो । सो विषयमा जानकारी लिनका एपजीका दुई सदस्य टोली नेपाल आएका हुन् । सोमबार नेपाल राष्ट्र बैंकका अधिकारीहरु सँग छलफल गरेका उनीहरु बुधबार अर्थमन्त्री वाग्लेसँग भेटवार्ता गर्न लागेका हुन् ।

सोमबार उनीहरुल्े नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसहित शंकास्पद कारोबारको निगरानी गर्ने केन्द्रीय बैंकअन्तर्गतको फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू–नेपाल) का प्रतिनिधि, विशिष्ट कर्मचारीलगायतसँग  छलफल गरेका थिए । साँझ करिब ८ बजेसम्म उक्त छलफल चलेको एफआईयूका निर्देशक वासुदेव भट्टराईले बताए ।

एफटीएफले नेपालले सम्पत्ति शुद्धीकरण र आतंकवाद वित्तीयकरण जोखिमको बुझाइ सुधार गर्न, वाणिज्य बैंक, उच्च जोखिम भएका सहकारी, क्यासिनो, सुनचाँदी व्यवसाय र घरजग्गा क्षेत्रमा जोखिम–आधारित अनुगमन सुदृढ गर्न र वित्तीय समावेशीकरणमा बाधा नपुर्याई अवैध हुन्डी सेवा प्रदायकहरू पहिचान र कारबाही गर्न लगायतका सुझाव दिएको थियो ।

यसमा सुधारका लागि केही कदम चालेको भए पनि नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने तथा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता एफएटीएफले औंल्याएको छ ।

एफएटीएफले नेपालको वाणिज्य बैंक, सहकारी, क्यासिनो, गहना पसल, घरजग्गा कारोबारलगायत क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अवलम्बन गर्नुपर्ने, हुन्डीलगायत गैरकानूनी कारोबारको पहिचान र रोकथाम गर्नुपर्ने, सम्पत्ति शुद्धीकरण मामिला हेर्ने निकायको क्षमता अभिवृद्धि तथा यसको अनुसन्धान र अभियोजन प्रक्रियालाई चुस्त बनाउनुपर्ने सुझाव दिएको थियो ।

Leave Your Comment

Related News