CLI

काठमाडौंबाट गरिब भगाउने सरकारको नीति शतप्रतिशत गलत छ : सांसद विक

काठमाडौं । नेकपा (एमाले) की सांसद विष्णुमाया विकाले काठमाडौंबाट गरिब भगाउने सरकारको नीति शतप्रतिशत गलत रहेको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले सरकारले काठमाडौंबाट गरिब भगाउने नीति लिएको आपत्ति जनाइन् ।

उनले सुकुम्बासी गरिबीको कारण समस्या भएको भन्दै काठमाडौंबाट उनीहरुले विभिन्न स्थानमा लैजादा विभिन्न समस्या भएको बताईन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट काभ्रको बनेपास्थित सुकुम्बासी राखिएको होल्ङि सेन्टरको अवलकोन गरेका बताउदै सांसद विकले उनीहरु समस्यामा परेको बताइन् ।

उनले गरिबी हुन अपराध होइन सुकुम्बासी हुन कसैलाई रहर नभएको बताइन् । ‘गरिबी हुन अपराध होइन सुकुम्बासी हुन कसैलाई रहर हुदैन । देश समृद्ध हुन पहिला गरिबी अन्त्य हुनु जरुरी छ । काठमडौंबाट गरिब भगाउने सरकारले जुन नीति लिएको छ शतप्रतिशत गलत छ ,’ उनले भनिन्,‘ गरिब होइन गरिबी भगाउने नीति सरकारको हुनुपर्छै आज डोजर आंतकले देशभरका सुकुम्बासी आन्दोलित छन् उनीहरलाई सान्तवान दिन सरकारको तर्फबाट सम्बोधन गर्न म आग्रह गर्छु । ’

सरकारले सुकुम्बासी भत्काएर विभिन्न स्थानमा राखे पछि उनले बैठकमा सो प्रतिक्रिया दिएकी हुन् । सांसद विकाले अब देशले द्धन्द्ध नभई शान्ति खोजिरहेको छ त्यसैले सरकार शान्ति स्थपानको लागि तयार हुनपर्ने बताईन् ।

काभ्रको बनेपास्थित सुकुम्बासी राखिएको होल्ङि सेन्टरमा ११० जना रहेको त्यस सेन्टरमा नर्सरी देखि पलस टु पप विद्याथी र स्नातकर पढ्ने ५ जना विद्यार्थी बस्दै आएका छन् । आफनो घरमा डोजदर चले देखि उनीहरुको पठनपाठन ठप्प भएको छ । उनीहरु त्यही होलिडङ सेन्टरमा कैद जसरी थुनिएर बस्न बाध्य भएका छन्, उनले भनिन् ।
उनले सेन्टरमा बस्ने २८ वर्षिय युवा मिलन तामाङको सुकुम्बासीको बस्तीको घर सरकारले भत्काए सँगै विछप्ति बनेको बताइन् । ‘सेन्टरमा बस्ने २८ वर्षिय युवा मिलन तामाङ पठायो चलाएर जीवीकोपार्जन गर्ने उनले डोजरले आफनो घर भत्काएको दिनदेखि बोल्न नसक्न र काँम्ने भएका छन् ,’ सांसद विकले भनिन्,‘ सेन्टरमा बस्ने सुत्केरी महिला कुपोषणको शिकार भएकी छिन् । मुटुरोथ दुर्गारोगी जस्ता थुप्रै दीर्घरोगीहरु नियमति डाक्टरको परामर्श लिन पाएका छैनन् । औषधी खान पाएका छैनन् ।

सेन्टरमा बसेका विद्यार्थीहरुको अध्ययन गर्न नपाएको उनले संसदमा गुनासो गरिन् । सांसद विकले स्नातक पढ्दै गरिएका रोजिना परियार लगायतका ५ जना युवा तत्काल कलेज जाने नपाएको भन्दै सरकारले पढ्न वातावरण बनाउन आग्रह गरिन् । सेन्टरमा नर्सर देखि प्लस टु र स्नातक पढ्दै गरेका विद्यार्थीहरु छन् । उनीहरुले पढ्न पाएका छैनन् , पढ्ने वातावरण बनाउन म सरकारको ध्यानकर्षण गर्न चाहान्छु, उनले भनिन् ।

Leave Your Comment

Related News