काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्ष २०८३\०८४ को बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् ।अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटमा सुझाव लिएका हुन् । बिगतका अर्थमन्त्रीले पनि बजेटको हतारोका बीचमा पुर्ब अर्थमन्त्रीहरुसँग बजेटका बिषयमा छलफल गर्ने गरेका थिए । सोही परम्परालाइ निरन्तरता दिँदै अर्थ मन्त्रीले बिगत बिभिन्न कालखण्डमा अर्थमन्त्री भएका ब्यक्तिसँग बजेटमा केन्द्रीत भएर छलफल गरेका हुन् ।
उनले पुर्व अर्थमन्त्रीसँग बजेट सुझावमा माग्दै बजेटको अन्तिम समयमा भएको तपाईंहरूको राम्रो अनुभवसहितको कार्यक्रम अनुशरण गर्दै जाने भएकाले यसको लागि नयाँ परिस्थितिमा आउन लागेको नयाँ बजेटमा सुझाव माग गरेका थिए । उनले सुझाव लिने क्रमा भने “हामी सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी गरिरहेका छौँ । हामी सबैले जीवनको कुनै न कुनै कालखण्डमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका छौँ । भलै त्यो बेलको राजनीतिक परिस्थिति कति अनुकुल थिए कति प्रतिकुल । तर, उदेश्य सबैको पवित्र र एउटै थियो देश र जनताका लागि राम्रो गर्ने । तर,परिस्थितिले त्यो कति सफल भयो कति सफल भएन समीक्षाको विषय छ । नयाँ परिस्थितिमा अब हामी आएका छौँ । हामी तपाईंहरूले गर्नुभएको राम्रो कामको अनुशरण गर्दै अघि बढ्ने हो । मैले पटक पटक भन्ने गरेको छु हाम्रा अग्रजले देखाएको बाटो नै हिँड्ने हो । यही व्यवस्था र यही राजनीतिक प्राप्तिबाटै समृद्धि हासिल गर्ने हो।“ उनले भने
अर्थमन्त्रीले मागेको बजेट उपर सुझाव छलफलमा यसअघि सुशिला सरकारका अर्थ मन्त्री पुर्व सचिव एंव पुर्वबर्ति सरकारले बनाएको उच्च स्तरिय आर्थक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले आफु नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न आग्रह गर्दै, बजेटमा तयारि नभएका खुद्रा र टुक्रे आयोजनामा बजेट छर्न बन्द गर्नु पर्ने धारणा राखेका थिए त्यसैगरी उनले विद्युतमा मुअ कर न लगाउन पनि अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।
सोही कार्यक्रममा पुर्ब अर्थमन्त्री शंकर कोइरालाले रामेश्वर खनाल लगायतका पुराना आर्थिक प्रतिवेदनहरू अनुशरण गर्न, विद्युत् व्यापारका लागि निजि क्षेत्रलाई खुला गर्न, आयोजना निर्माणका लागि वनको अप्ठ्यारो फुकुवा गर्न, नयाँ उद्योग र औद्योगिक क्षेत्र स्थापना गर्ने प्रयास गर्न जनार्दन शर्माको पालामा अघि बढाइका काम अघि बढाउन हेजिङ पोलिसि निर्मान गर्न अनुरोध गर्दै पुराना उधोग जगाएर सञ्चालन गर्न कति व्यवहारिक छ हेरेर निर्ण लिन र कपडा उधोघ नेपाल सराकरले चलाउनु पर्ने धारणा राख्दै सहि मान्छे सही ठाउँमा सही समयमा आउन सफल भएकोमा शफलताको शुभकामना दिएका थिए
पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्रीहरू बजेटको बाउन्ड्रीमा बस्न खोज्नने तर, राजनीतिले छक्का हान्ने भएकाले तपाईं बाउन्ड्रीमा बस्नुस् भन्ने सुझावबाट सुरु गरेको बजेट माथिको सुझावमा राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशत भएको र यसमा हौसियर १५ प्रतिशत नराख्नन सुझाव दिए । उनले यो बर्ष पनि राजश्व उठ्ने वर्ष १२ माथि पुगे पनी १३ अर्ब राजश्व नपुग्ने धारणा राखे उनले हौसियर ठुलो आकारको बजेट नबाउन पनि आग्रह गरे । उनले आयकरको सीमा तल्लो स्ल्याब नचलाउन र अन्तशुल्क जबर्जस्ती लगाइरहेका छौँ । कम गर्दै जा जान आग्रह गरे त्यसैगरि मुअक दुई दरमा नजान, संघीय सरकारले गर्ने विकासमा उपभोक्ता समिति मार्फत गरिने कार्य रोक्न प्रस्ताव गरे भने बजेटका लक्ष्यका केही कुरा पुरा गर्न सकिन्छ भने प्रयास गर्न आग्रह गरे भने स्वास्थ्य विमामा थैली नबढाउन सुझाव दिए ।
उनले कृषिमा अनुदान दिन जरुरी भएको अर्थतन्त्रमा कृषिमा मधेसको योगदान घटेकोले यसमा ध्यान दिन जरुरी रहेको बताए । उनले आफ्नो पालामा राष्ट्रिय गौरवका आयोजनामा मनपरि गरेकोले यो कुरा भंग गर्न र नयाँ सिराबाट अघि बढ्न अनुरोध गरे उनले संस्थानहरुलाई एकीकृत तरिकाले विकासको मोडलमा लैजाने गरि बजेट बनाउन सुझाव दिएका छन् । पुर्व मन्त्री खतिवडाले एलडीसी ग्याजुएशनमा खुट्टा नकमाउनु आग्रह गर्दै मुलुकलाई ग्रेलिष्टबाट निकाल्न कुटनैतिक पहल गर्न अनुरोध गरे उनको भनाइ छ दुई चार जना मान्छे थुनेर मात्रै हुँदैन उनले वित्तीय क्षेत्र सुधार गर्न, राष्ट्र बैंकसँग समन्वय गर्न,निजी क्षेत्रको मनोबल बढाउन आग्रह गर्दै यसले मात्र ७ प्रतिशत आर्थिक वृद्धि सम्भावना रहेको बताए ।
पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सरकार र निजि क्षेत्र मिलेर जाने वातावरण बनाउन, साना,मझौला र ठूलो औद्योगिक र निजी क्षेत्रलाई कसरी बजेटले सम्बोधन गर्ला । मेरो सल्लाह छ सबैलाई प्रोत्साहनको नीति लिन,काम गर्नेलाई प्रोत्साहन गर्ने नीति लिन,स्थिर सरकार चलाउने, कर्मचारीलाई प्रोत्साहन र दण्डको घोषणा पत्र कार्यन्वयन गर्न निजी क्षेत्रमा गएको लगानीको पारदर्शिता बुझ्न र लगानी अनुसारको प्रतिफल हर्न सुझाव दिएका छन् ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले LMBIS विषयगत मन्त्रालयको मन्त्रीको जस्तो भएको टिप्पणी गर्दै ,ठूलो आयोजना धेरै भएकोले घटाउन सुझाव दिए । उनले मध्य पहाडी पहाडी राजमार्ग माथि टिप्पणि गर्दै सांसदले घरजाने बाटो बनाए । अब पहाड छेडेर सुरुङ बनाउँन प्रस्ताव गरेका छन्न । उनले राष्ट्रिय गौरवको आयोजनालाई ४र५ वटा मात्रै बनाउन सुझाव दिएका छन् उनको अर्को टिप्पणि जमिन प्रयोग सम्बन्धि कानुन सुधार नगर्ने हो भने केही गरि पनि गर्न सकिन्न भन्ने रहेको थियो । उनले जग्गालाई कृषि जमिन,उद्योग जमिन, आवास जमिन र व्यवसाय जमिन गरि बर्गिकरण गर्न सुझाव दिएका छन्
पुर्व मनत्री पाण्डेले पर्यटनको क्षेत्रमा गहन काम गर्न,भारतीय पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउँन,जिर्ण सरकारी उद्योगहरु चलाउन स्पष्ट हुन आग्रह गरे यो सँगै उनले । सरकारी कार्यालय र कर्मचारीलाई वस्तु गरिद गर्ने कार्यमा रोक लगाउन प्रसताव गरेका छन् उनको अहिलेको कर्मचारीको संख्यालाई २० प्रतिशतले कटौती गर्न सकिन्छ कि सकिन्न हेरेर निर्णय गर्न आग्रह गरेका छन् ।
पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्ता हुने खानेलाई नदिन आग्रह गर्दै निर्णय तपाईंले गर्नसक्नुहुन्छ । तपाईंलाई अवसर छ आँट गर्नुस् भनेर प्रस्ताव गरेका छन् साथै उनले नचाहिने संरचना हटाउन आँट गर्न, नेपाल एयरलाइन्सलाई आफुले निजीकरण मोडलमा चलाउन प्रयत्न गरको नसकेको बताउदै । अर्थमनत्रीलाई गरिहाल्नु सुझाव दिए उनले भने ।“ नत्र यो निकै कठिन हुन्छ, सरकारले धान्न सक्दैन”
उनले सरकारी उद्योग र जमिनलाई लिजमा दिन, निजी क्षेत्रले चलाउन नसकेको अवस्थामा उसले थपेको बाहेक सबै सरकारको हुने गरि लिजमा दिने गरि कार्यक्रम बनाउन सुझाब पेश गरे ।
पुर्व मन्त्री महतले वैदेशिक ऋण अति आवश्यक बाहेकमा घटाउन पहाडमा ठूलो राजमार्ग बनाउने कुरालाई प्रोत्साहन नगर्न नआग्रह गरेका छन् । उनले पहाडका राजमागर्ग ठुला बनाउने कुरा जनता र सरकार भनद पनि भन्दा पनि ठेकदारको स्वार्थ रहेको बताए ।
उनले पाँच अर्ब भन्दा माथिको ठेक्कामा केही सिमितको मिलोमतो देखिन्छ । यसलाई रोक्नुस् । ठूला ठेक्का टुक्रयाएर मात्रै दिन प्रस्ताव गरेका छन् । उनले उत्पादन देखाएर मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति लिन, आयतित कृषि उपजमा भ्याट लगाउन पर्यटन क्षेत्रमा १२ महिना नै चल्ने सडक बनाउन प्रस्ताव सँगै सुझाव दिएका छन् ।
पूर्व अर्थमन्त्री वर्षमान पुनले डा.वाग्ले बजेट बनाउन अप्ठ्यारो अवस्थामा रहेको बताउदै विगतमा हामीले राम्रो पुर्वाधार बनाएछौँ । तर,औद्योगिक करिडोर बाहेक अन्यमा गरिएको लगानीको प्रतिफल कमजोर भएको जनाउदै पूर्व पश्चिममा हुलाकी देखि मध्य पहाडी र मदन भण्डारी राजमार्ग बने तर बजार विकास हुन सकेन । प्रतिफल कमजोर भएको बताए । उनले पर्यटन पुर्वाधारमा लगानी गर्न, भारतमा बढीको मध्यम वर्गलाई नेपाल आउने र रमाउने गरि हिलस्टेसन बनाई त्यसलाई विवाह गन्तव्यको रुपमा विकास गरि ५०/६० वटा पूर्वाधार बनाउन प्रस्ताब गरे
उनले संघीयतामा आर्थिक गतिविधि बढेको देखिन थालेको छ । अहिले प्रदेश राजधानीमा खुलेको पाँच तारे होटलले यही संकेत गर्ने बताउदै ग्रामीण कृषि उपजलाई बजारमा ल्याउने वातावरण बनाउन आग्रह गरे
उनले आफ्नो अनुभव जनक शिक्षालाई देखाउदै । नेपाल वायुसेवा निगम बलियो बनाउन र कसरी चलाउने विचार गर्न अनुरोध गरका छन् । उनले अर्थमन्त्रि स्वर्णिम वाग्लेलाईजनताको अपेक्षा अत्यन्तै धेरै भएको बताउदै कसरी सम्बोधन गर्ने निकै जटिल देखेको बताए । उनले
देशैभरीका पालिका केन्द्रसम्म पुग्नेगरि १२ महिना नै चलाउन सकिने बाटो बनाउँन पनि प्रस्ताव गरेका छन्
पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बलियो जनमत र सरकार अनि बुझेको अर्थमन्त्री हुनुहुन्छ यो सकारात्मक कुरा रहेको बताउदै वाचा पत्रलाई पूर्ण परिपालन गर्न सकिने अवस्था रहेकोले त्यसैअनुसार बजेट बनाउनन सुझाव दिए । उनले रिफर्मका लागि यहाँको कमिटमेन्ट हामीले सुनेका छौँ। केही सहयोग हामीबाट चाहिए म सधैं तयार रहेको बताए
उनले बिगतको स्रोतको अनुमानमा भन्दा पनि खर्चको अनुमान गरेर बजेट बनाउने हाम्रो परम्परा छ । यस्तो कमजोरीलाई सच्याउन आग्रह गरेका छन् । उनले स्थानीय र प्रदेश निर्वाचनलाई चिन्ता गरेर अहिले बजेट बनाउनु नपर्ने धारणा राखेका थिए ।
उनले आफ्नो अनुभव सुनाउ खानी , ढुंगागिट्टी भन्दा मैले चुटाइ खानुपरेचुरेको र चुरे बेच्न खोज्यो भनेर लखेट्ने काम भएको बताए । उनले खानी विभागले पहिचान गरेको खानी उत्खनन गरेर बेच्न आँट गर्न अनुरोध गर्दै गेम चेन्जर परियोजना गीत गाएर मात्रै नबसौँ। काम थालौँ । जस्तै बुढीगण्डकी लगायत भनेर प्रस्ताव समेत गरेका छन् ।
पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटको सुझावको बिषयमा बोल्दै सल्लाह दिन रमाइलो तर कार्यन्वयन गह्रो बिषय भएको बताए । उनले बजेट राजनीतिक संकल्प पूरा गर्ने डकुमेन्ट भएको बताए । उनले हर्मुज घाँटीमा विश्व अर्थतन्त्र अड्किएको बताए उनले मन्त्रीलाइ कार्याकालको चिन्ता नभएकोले योजना छनोट र राजश्वमा लोकप्रियता युक्त निर्णय गर्ने जोखिम लिन अनुरोध गरे । उनले संघीयता कार्यन्वयन गर्न बजेट ल्याउनु पर्ने निर्मम भएर सरकारी खर्च कटौती गर्न, हाइ अल्टिट्युट खेल पूर्वाधारमा लगानी गर्न फलाम,तामा जस्तो खानिज उत्खननमा लगानी गर्न सुझाव दिएका छन ।
उनले आफ अर्थमन्त्री हुँदा ताजा तरकारी नेपाल कै खाउँ भन्दा मलाई अप्ठ्यारो परेको बताउदै यो जरुरी रहेको उल्लेख गरे । उनले औषधी उद्योग चाहिँ सरकारले नै चलाउनु पर्ने धारणा पेश गरे
उनले रासायनिक मल कारखाना खोल्न स्वदेशी कच्चा पदार्थबाट पनि सम्भावना रहेको बताउदै आफुले गरेको अध्यायन पल्टाउँन अनुरोध गरे । उनले निजी क्षेत्रको आत्माविश्वास र लगानी सुरक्षामा जोड दिन आग्रह गर्दै पढ्दै कमाउँदै, वा १२ कक्षा पास गर्दा सीप सहितको जनशक्ति देशले पाउने गरि बजेट बनाउन अनुरोध गरे ।


