CLI

दश महिनामा व्यापार घाटा करिब साढे १४ खर्ब, कस्तो छ आयात-निर्यातको अवस्था?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) सम्म व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। यो रकम गत आवको तुलनामा १४.९२ प्रतिशतले धेरै हो। गत आवको सोही अवधिमा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो। व्यापार घाटा बढे पनि आयात र निर्यात दुवै बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

चालू वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँको आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको आयात भएको थियो।

यता, निर्यात भने १० महिनामा २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँको भएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.२५ प्रतिशत बढी हो। अघिल्लो आवमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको निर्यात भएको थियो।

यस अवधिमा आयात–निर्यात अनुपात पनि बढेको छ। अघिल्लो वर्ष ६.७७ रहेको आयात–निर्यात अनुपात चालू वर्षमा बढेर ६.७९ पुगेको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.८८ प्रतिशतबाट घटेर १२.८२ प्रतिशतमा पुगेको छ भने आयातको हिस्सा ८७.१२ प्रतिशतबाट बढेर ८७.१७ प्रतिशत पुगेको छ।

Leave Your Comment

Related News