काठमाडौं । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज जेठ १२ गते बिहान ११ बजे सेयर बाँडफाँट गरेको हो ।
कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणलाई ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २६ लाख १ हजार ८ सय ४८ जनाको आवेदन परेको थियो । जस मध्ये २५ लाख ५७ हजार ८ सय ५५ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जसमा ७७ हजार ८ सय १२ जनाले मात्र सेयर पाएका छन् । ५ जनाले भने ११ कित्ता सेयर पाएका छन् ।
आवेदकले बिक्री प्रबन्धककको वेवसाइट, मेरो सेयर र सीडीएससीले रिजल्ट हेर्न बनाइएको https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सक्नेछन् ।


