CLI

व्यक्तिगत आयकर सीमा बढाएर १० लाख

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत व्यवसायी र करदातालाई राहत दिने घोषणा गरेका छन् । उनले व्यक्तिगत आयकर छुटको सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको जानकारी दिए । साथै, व्यक्तिगत आयकरको दर १० प्रतिशत विन्दुले घटाइएको छ।

त्यसैगरी, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारले २७३ प्रकारका कच्चा पदार्थमा लाग्ने भन्सार कर पनि घटाएको छ । यसबाट उद्योगहरूको उत्पादन लागत कम हुने र व्यवसाय सञ्चालन सहज बन्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News