CLI

प्रतितोला २० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि भारी वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउमा तीव्र वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको छ । आइतबार सुनको भाउ प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ । शुक्रबार सुनको रेट २ लाख ९० हजार ६०० रुपैयाँ थियो । चाँदीको भाउ ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ ।

बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको हो ।

Leave Your Comment

Related News