CLI

क्रिप्टोकरेन्सी कारोबार र डिजिटल ठगी आरोपमा चिकित्सक पक्राउ

चितवन। गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार तथा डिजिटल ठगी गरेको आरोपमा २९ वर्षीय चिकित्सक डा. पप्पुकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषा हंशपुर नगरपालिका–४ स्थायी घर भएका डा. यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए। उनी एक स्थानीय अस्पतालमा कार्यरत रहेको समेत खुलेको छ।

प्रहरी अनुसन्धानअनुसार यादवले वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी क्रिप्टोकरेन्सीको अवैध सञ्चय तथा कारोबार गर्ने नेटवर्क सञ्चालन गर्दै आएको पाइएको छ।

प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म उनले कति व्यक्तिबाट कति रकम ठगी गरेका हुन् भन्नेबारे अनुसन्धान जारी रहेको छ र थप विवरण खुल्दै गएको छ।

Leave Your Comment

Related News