CLI

अन्तरबैंक सापटी सम्बन्धी व्यवस्था संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक कारोबार तथा सापटी सम्बन्धी व्यवस्था परिबर्तन गरेको छ ।  नेपाल राष्ट्र बैङ्कले बैङक तथा बितिय संस्थालाई परिपत्र गर्दै यस्तो बताएको हो ।

नेपाल राष्ट्र बैंकले गरेको परिबर्तित व्यबस्था अनुसार  बैंक था बित्तिय संस्थाले एक आपसमा लिने सापटी कर्जा  नियमित कर्जा सापटी (Regular Credit Facility) नभई अन्तरबैंक  सापटीको रुपमा मात्र प्रयोग गर्न पाइने छ  ।बैंकहरुले चलायको यस किसिमको कर्जाको को अबधि ७ दिनको हुनेछ यस्तो किसिमको कर्जाको बिषयमा ‘बैंक तथा वित्तीय संस्था नियमन विभाग’ र ‘सम्बन्धित सुपरिवेक्षण विभाग’ मा जानकारी दिनु पर्नेछ ।

यस अन्तर्गत  अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित नेपाल सरकारको कार्यक्रम कार्यान्वयन गर्ने प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्था बीच हुने कर्जा कारोबारलाई भने ‘अन्तरबैंक कारोबार/सापटी’ मा गणना नगरिने व्यवस्था गरेको छ ।

Leave Your Comment

Related News